News Portal

  • ५ महिनापछि ०.५ प्रतिशत घटायो लक्ष्मी सनराइज बैंकले ब्याजदर

    आर्थीकसंसार संवाददाता३० असोज, २०८१
    १६ पटक
    ३० असोज, २०८१

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपमा ५ महिनापछि ब्याजदर परिवर्तन गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । जसमा ५ महिनापछि मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।

    बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ६.५० प्रतिशत, संस्थागततर्फ ५.५० प्रतिशत र रेमिट्यान्स खातामा ७.५० प्रतिशत ब्याज पूदान गरेको थियो । असोज, भदौ, असार र साउनमा पनि सोही ब्याजदर तोकिएको थियो ।

    बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.५० प्रतिशत तोकेको छ ।

    यसअघि बैंकको आधार ८.३९ प्रतिशत रहेकोमा घटेर ८.१७ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेडदर भने ३.९९ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्