News Portal

  • एनआईसी एशिया बैंकको ब्याजदर ०.१९ प्रतिशत घट्यो, कुन खातामा कति ?

    आर्थीकसंसार संवाददाता३० असोज, २०८१
    १४ पटक
    ३० असोज, २०८१

    काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

    बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.९९ प्रतिशत र संस्थागततर्फ ५.९९ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा व्यक्तिगततर्फ ७.१८ प्रतिशत र संस्थागततर्फ ६.१८ प्रतिशत ब्यानदर तोकेको थियो । बैंकले एक महिनामा ०.१९ प्रतिशत ब्याज घटाएको हो ।

    बैंकले कात्तिकमा मुद्दती निक्षेपको ब्याजदर घटाएपनि अन्य ब्याजदर पनि यथावत नै राखेको छ । बैंकका अनुसार अन्य बचत खाता र कर्जाको ब्याजदर असोज महिनाको नै कात्तिकमा लागू हुनेछ ।

    बैंकले साधारण बचत खातामा न्यूनतम ३.२७ प्रतिशतदेखि अधिकतम ५.२७ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

    प्रतिकृया दिनुहोस्