News Portal

  • सिटिजन्स बैंकको ब्याजदर घट्यो

    आर्थीकसंसार संवाददाता३० असोज, २०८१
    १४ पटक
    ३० असोज, २०८१

    काठमाडौं । सिटिजन्स बैंकले कात्तिकमा नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

    बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत, संस्थागततर्फ ४.५० प्रतिशत र रेमिट्यान्स खातामा ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । तर, बैंकले हाम्रो कर्णाली मुद्दती योजना र डिजिटल मुद्दतीमा भने ६ प्रतिशत ब्याजदर तोकेको छ ।

    यसअघि बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा ७.१५ प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकको आधार दर ८.२५ प्रतिशत रहेको छ । बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

    प्रतिकृया दिनुहोस्