News Portal

  • दाउन्ने एग्रो फार्मले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    आर्थीकसंसार संवाददाता२९ असोज, २०८१
    ११ पटक
    २९ असोज, २०८१

    काठमाडौं । दाउन्ने एग्रो फार्मले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ ।

    बिक्री प्रबन्ध नियुक्ति सम्बन्धी सम्झौतामा मंगलबार सिटिजन्स क्यापिटल र दाउन्ने एग्रो फार्मबीच हस्ताक्षर भएको हो । सम्झौतापत्रमा दाउन्ने एग्रो फार्मका तर्फबाट कार्यकारी निर्देशक विनोद पोखरेल तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार सिटिजन्स क्यापिटलले दाउन्ने एग्रो फार्मको साधारण सेयर निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

    प्रतिकृया दिनुहोस्