News Portal

  • सिद्धार्थ बैंक लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

    आर्थीकसंसार संवाददाता२३ असोज, २०८१
    ३७ पटक
    २३ असोज, २०८१

    काठमाडौं । सिद्धार्थ बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

    गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो ।

    बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरूको उद्दार र पुन:स्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्वअन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाको रूपमा सहभागिता जनाउँदै आएको छ ।

    मन्त्रिपरिषद्को असाेज १४ गते बसेकाे मन्त्रिपरिषदकाे बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

    कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको कोषले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्