News Portal

  • एभरेष्ट बैंकको १५.५३ प्रतिशत लाभांश पारित

    आर्थीकसंसार संवाददाता२१ असोज, २०८१
    २४ पटक
    २१ असोज, २०८१

    काठमाडौं । एभरेष्ट बैंकको साधारण सभाले लाभांश पारित गरेको छ । बैंकको असोज २० गते सम्पन्न ३०औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो ।

    बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

    साथै बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम संशोधन गर्ने र सर्वसाधारण सेयरधनीहरूको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको पनि निर्वाचन गरेको छ ।

    सञ्चालकहरूको भ्रमण भत्ता वृद्धि, संञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षकको गरेको छ ।

    प्रतिकृया दिनुहोस्