News Portal

  • राष्ट्रिय जीवन बीमा कम्पनीले माग्यो सीईओ

    आर्थीकसंसार संवाददाता१७ असोज, २०८१
    १९ पटक
    १७ असोज, २०८१

    काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मागेको छ । कम्पनीले रिक्त रहेको सीईओ पदका लागि दरखस्ता आवह्न गरेको हो ।

    उक्त पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ ।

     

    यो पदको लागि बीमा, व्यवस्थापन लगायत विभिन्न विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भएका कम्तीमा ५ वर्ष वा आर्थिक क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ ।

    प्रतिकृया दिनुहोस्