News Portal

  • दशैँ बिदामा कृषि विकास बैंकका यी शाखा खुला रहने

    आर्थीकसंसार संवाददाता१७ असोज, २०८१
    १२ पटक
    १७ असोज, २०८१

    काठमाडौं । आजबाट विधिवत् रूपमा बडा दशैंको सुरुवात भएको छ । अधिकांश क्षेत्रमा दसैँ बिदा सुरू भइसकेको छ । तर, दशैँ बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् ।

    कृषि विकास बैंकले दशैँको बिदाको दिन खुला रहने शाखा कार्यालयको सूची सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक बिदा रहेका असोज २४ गते फुलपाती, असोज २५ गते महाअष्टमी तथा महानवमी र असोज २८ गते द्धादशीका दिन पनि सेवा दिने भएको हो ।

    यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ः३० बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्