News Portal

  • ज्योति विकास बैंकका ग्राहकलाई चितवनको जंगल भिल्ला रिसोर्टमा छुट

    आर्थीकसंसार संवाददाता१६ असोज, २०८१
    ४६९ पटक
    १६ असोज, २०८१

    काठमाडौं । ज्योति विकास बैंकका ग्राहकहरुलाई चितवनको कसरास्थित जंगल भिल्ला रिसोर्टमा छुट दिइने भएको छ ।

    दुई पक्षबीच भएको सम्झौता अनुसार रिसोर्टमा पाइने फुड एन्ड वेबरेजसहित रुम चार्जमा ज्योति विकास बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट हुनेछ ।

     

    ज्योति विकास बैंकले यसअघि कमलपोखरीस्थित प्रख्यात अचार घर, दरबारमार्गको महोत्सब रेष्टुरेन्ट एन्ड बार, हात्तीसारको नेपाल हाउस रेष्टुरेन्ट एन्ड बार तथा कमलादीको क्याफे लायन हर्ट तन्दुरी किचेनमा आफ्ना ग्राहकलाई १० प्रतिशतसम्मको छुट दिने गरी सम्झौता गरेको छ ।

    संस्थागत सुशासनलाई शिरोपर गर्दै समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सधैं उच्च प्राथमिकतामा राख्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्