News Portal

  • बैंक अफ काठमाण्डूको ऋणपत्र निष्काशन

    आर्थिकसंसार संवाददाता२५ मंसिर, २०७७
    २१८२ पटक
    २५ मंसिर, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूले मंसिर २५ गतेदेखि १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन खुला गरेको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँको दरले १६ लाख कित्ता ऋणपत्रको बिक्री खुला गरेको हो ।
    बैंकले १६ लाख कित्ता ऋणपत्रमध्ये ९ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ६ लाख ४० हजार कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्ने छ । त्यस्तै, सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३२ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी रहेको ६ लाख ८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । सो ऋणपत्रमा आवेदन दिन इच्छुकले छिटोमा मंसिर २८ गते र ढिलोमा पुस ८ गतेसम्म आवेदिन दिन सक्नेछन् । उनीहरुले न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन पाउनेछन् ।
    यस ऋणपत्रको समय अवधि १० वर्षको रहेको छ । यसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउने छन् । लगानीकर्ताहरुले यस ऋणपत्र नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बैंकको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी आईआर त्रिपल बी प्लस रेटिङ्ग दिएको छ ।

    प्रतिकृया दिनुहोस्