News Portal

  • ग्लोबल आईएमई बैंकका सबै शाखाबाट सुकिला नोट साट्न पाइने

    आर्थीकसंसार संवाददाता११ असोज, २०८१
    १६ पटक
    ११ असोज, २०८१

    काठमाडाैं ।  ग्लोबाल आईएमई बैंकको सबै शाखाबाट सुकिलो नोट साट्न पाइने भएको छ । बैंकले एक सूचना जारी गर्दै सबै शाखाबाट नोट सटही सुविधा राखेको जानकारी दिएको छ ।

    बैंकका अनुसार सोमबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म नोट सटही गर्न सकिने छ । त्यसैगरी, शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सटही गर्न सकिने छ ।

    ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ । कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ ।

    असोज १३ गतेदेखि २३ गतेसम्म नोट सटही सुविधा पाइने छ । तर, उक्त मितिभित्र सार्वजनिक बिदा रहेको दिन भने यो नोट साट्न पाइने छैन ।

    प्रतिकृया दिनुहोस्