News Portal

  • प्राइम कमर्सियल बैंकको १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता११ असोज, २०८१
    १९ पटक
    ११ असोज, २०८१

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेकाे छ ।

    बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

    काठमाडौंकाे कमलपाेखरीमा रहेकाे केन्द्रीय कार्यालय, विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल र सुर्खेतमा गरी देशभर ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

    रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरू गरी ३९२ जनाले रक्तदान गरेका थिए ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सञ्जीव मानन्धरले मानव जीवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

    उनले आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे ।

     

    प्रतिकृया दिनुहोस्