News Portal

  • साइपालमा एभरेष्टको शाखा, ७५३ पालिकामै पुग्यो बैंककाे पहुँच

    आर्थीकसंसार संवाददाता११ असोज, २०८१
    १४ पटक
    ११ असोज, २०८१

    काठमाडौं । बझाङकाे साइपाल गाउँपालिकाका जनतालाई अब बैंकिङ काराेबार गर्न सदरमुकाम चैनपुर जानपर्ने अवस्थाकाे अन्त्य भएकाे छ ।

    साइपाल गाउँपालिकाको धलौनमा बुधबार एभरेष्ट बैंक लिमिटेडको शाखा बिस्तार भएसँगै चैनपुर धाउने अवस्थाकाे अन्त्य भएकाे हाे ।

    साइपाल गाउँपालिकामा पहिलो पटक राष्ट्रिय स्तरको बैंकको शाखा बिस्तार भएको हाे। यसभन्दा पहिला साइपालका स्थानीय तीन दिन हिँडेर चैनपुर गरी बैंकिङ काराेबार गर्दै आएका थिए ।

    गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले बैंककाे शाखा खुलेसँगै अब स्थानीयले काराेबारका लागि सदरमुकाम धाउन नपर्ने बताइन् । साथै उनले बैंक स्थापनाका लागि विभिन्न निकाय धाएकाे पनि बताइन् ।

    गाउँपालिकामा बैंकिङ काराेबार नहुँदा साइपाल गाउँपालिकाले सात वर्षदेखि जिल्ला सदरमुकाम चैनपुरको एक घर भाडामा लिएर चलिरहेको छ ।

    २०७४ सालमा राष्ट्र बैंकले साइपाल गाउँपालिकामा बैंकिङ सेवा दिने जिम्मा एभरेष्ट बैंकलाई दिएकाे भए पनि बैंकले सडक, सञ्चार, सुरक्षालगायतका पूर्वाधार उपलब्ध नभएकाे भन्दै शाखा खाेल्न मानेकाे थिएन। गाउँपालिकाले बैंकका लागि सहज वातावरण तयार पारिदिने भनेपछि शाखा खुलेकाे हाे ।

    गत वर्षकाे चैतमा राष्ट्र बैंकको टोलीले बैंक स्थापनाको लागि अवस्था अध्ययन गरेको थियो  ।

    प्रतिकृया दिनुहोस्