News Portal

  • नेपाल बैंक र ई कमर्स प्लेटफर्म अनलाईन दराजबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१० असोज, २०८१
    ७० पटक
    १० असोज, २०८१

    काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमुबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १० प्रतिशत वा अधिकतम १,५०० रुपैयाँसम्म छुट हुने बैंकले जनाएको छ ।

    क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम २,००० रुपैयाँ बराबरको छुट प्राप्त गर्न सकिनेछ ।

    छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्पर्क गरि ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ । यो योजना २०८१ साल असोज ११ गते देखि २०८१ साल असोज २१ सम्म लागू हुने बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्