News Portal

  • सानिमा बैंकका ग्राहकले सीजीका सामग्री किन्दा विशेष छुट

    आर्थीकसंसार संवाददाता९ असोज, २०८१
    ४४३ पटक
    ९ असोज, २०८१

    काठमाडौं । सानिमा बैंकका ग्राहकले सीजीका सामग्री किन्दा विशेष छुट पाउने भएका छन् ।

    यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यू आर स्क्यान) मार्फत सीजी डिजिटल प्राइभेट लिमिटेडमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकले २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएकाे छ ।

    साथै सानिमा क्रेडिट कार्डमार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दी (इएमआई) मा परिणत गर्दा १ हजार रुपैयाँ बराबरको क्याशब्याकको व्यवस्था पनि गरिएकाे छ । क्याशब्याक न्यूनतम ३० हजार रुपैयाँकाे कारोबारमा प्रदान गरिनेछ ।

    छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital- banking/offers मा उपलब्ध छ ।

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्