News Portal

  • एटीएमबाट भुक्तानी नभएको तर खातामा काटेको रकम बैंकमा दाबी गर्नुपर्ने

    आर्थीकसंसार संवाददाता८ असोज, २०८१
    १२१ पटक
    ८ असोज, २०८१

    काठमाडौं । कामना सेवा विकास बैंकले एटीएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा भुक्तानी नभएको तर खातामा घटेको रकम दाबी गर्न आग्रह गरेको छ । एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी बाँकी रहेकाले दाबी गर्न बैंकले भनेको हो ।

    ‘बैंकका ग्राहकहरूले अन्य बैंक तथा वित्तीय संस्थाको एटीएम तथा पीओएस प्रयोग गरी रकम भुक्तानी लिने क्रममा तथा अन्य व्यक्तिहरूले यस बैंकको एटिएम प्रयोग गरी रकम भुक्तानी लिने क्रममा खाताबाट रकम काटिएको तर नगद प्राप्त नभएको वा खाताबाट रकम काटिएको तर पीओएसमा भुक्तानी नभएको केही रकम बक्यौता रहेको छ,’ बैंकले भनेको छ ।

    ३५ दिन भित्र आवश्यक प्रमाण सहित उक्त रकम दाबी गर्न बैंकले आग्रह गरेको हो ।

    प्रतिकृया दिनुहोस्