News Portal

  • उदयपुरको घुर्मीमा खुल्यो एनआईएमबीको नयाँ शाखा

    आर्थीकसंसार संवाददाता४ असोज, २०८१
    २८ पटक
    ४ असोज, २०८१

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ ।

    बैंकले कटारी नगरपालिका- १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएको हो।

    बैंकका कोशी प्रदेश प्रमुख श्री यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गर्दै यस शाखाबाट ग्राहकरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए ।

    एनआईएमबी बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएम रहेका छन् ।

    प्रतिकृया दिनुहोस्