News Portal

  • असोजमा हिमालयन बैंकको ब्याजदर स्थिर, आधार दर ८.८६ प्रतिशत

    आर्थीकसंसार संवाददाता१ असोज, २०८१
    २२ पटक
    १ असोज, २०८१

    काठमाडौं । हिमालयन बैंकले असोजमा ब्याजदर स्थिर राखेको छ । बैंकले भदौमा प्रदान गरेको ब्याज नै असोजमा निक्षेपकर्तालाई दिनेछ । तर, साधारण बचत खातामा भने ब्याजदर घटाएको छ ।

    बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि भदौमा बैंकले सोही ब्याजदर प्रदान गरेको थियो ।

    बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि ४.८५० प्रतिशत ब्याजदर तोकेको छ ।

    बैंकको आधार दर ८.८६ प्रतिशत रहेको छ । बैंकले ७ वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । यस्तै, हायर पर्चेज, सुविधा लोन, शैक्षिक कर्जा १०.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

    प्रतिकृया दिनुहोस्