आर्थीकसंसार संवाददाता १ असोज, २०८१
१ असोज, २०८१बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगतको स्थिर राखेको छ भने संस्थागतमा भने घटाएको हो । यसअघि भदौमा संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले रेमिट्यान्स खातामा भने ८ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.०५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.०५ प्रतिशत तोकेको छ । यसअघि बैंकले भदौमा पनि सोही ब्याजदर थियो ।बैंकको आधार दर ६.२२ प्रतिशतमा झरेको छ । बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ । यसअघि बैंकको आधार दर ६.३८ प्रतिशत थियो ।