News Portal

  • एभरेष्ट बैंकले घटायो ब्याजदर, आधार दर ७.२९ प्रतिशत

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८१
    २८ पटक
    ३१ भदौ, २०८१

    काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

    बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले असोजमा साधारण बचत खातामा भदौको ब्याजदर ३.०५ प्रतिशत प्रदान गर्नेछ ।

    असोजमा बैंकको आधार दर ७.२९ प्रतिशत छ भने स्प्रेडदर ४ प्रतिशत छ । यसअघि भदौमा बैंकको आधार दर ७.४५ प्रतिशत थियो ।

    प्रतिकृया दिनुहोस्