News Portal

  • सानिमा बैंकको निक्षेप र कर्जाको ब्याजदर घट्यो

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८१
    २० पटक
    ३१ भदौ, २०८१

    काठमाडौं । सानिमा बैंकले असोज महिनामा ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

    बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स खातामा ६.९० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत, संस्थागततर्फ ४.९० प्रतिशत र रेमिट्यान्स खातामा ७.२० प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा पनि सोही ब्याजदर थियो ।

    बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ८.०३ प्रतिशत रहेकोमा ७.८३ प्रतिशतमा झरेको छ ।

    प्रतिकृया दिनुहोस्