News Portal

  • तीन महिनादेखि माछापुच्छ्रे बैंकको ब्याजदर स्थिर

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०८१
    २४ पटक
    ३१ भदौ, २०८१

    काठमाडौं । माछापुच्छ्रे बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले भदौ महिनाकै ब्याजदर असोजमा कायम राखेको हो ।

    यसअघि भदौमा पनि बैंकले साउनको ब्याजदर कायम राखेको थियो । बैंकले असोज १ गतेदेखि लागू हुने गरी साउनकै ब्याजदर सार्वजनिक गरेको हो ।

    बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । साधारण बचत खातामा भने न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ ।

    प्रतिकृया दिनुहोस्