आर्थीकसंसार संवाददाता२८ भदौ, २०८१
२८ भदौ, २०८१काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले साउन महिनामा मात्रै १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।
कम्पनीले १ हजार १९३ बीमितको उक्त रकम बराबर दाबी भुक्तानी दिएको जनाएको छ ।
सलिकाे निर्जीव बीमा व्यवसाय गर्ने कम्पनी हाे । यसले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरिसकेकाे छ । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक-आपसमा मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बनेको हो ।
सलिकोको हाल देशभर १२० वटाभन्दा धेरै शाखा कार्यालयहरू रहेका छन् ।