News Portal

  • एक महिनामै सलिकोले दियो १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२८ भदौ, २०८१
    ३८ पटक
    २८ भदौ, २०८१

    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले साउन महिनामा मात्रै १५ करोड ६८ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ ।

    कम्पनीले १ हजार १९३ बीमितको उक्त रकम बराबर दाबी भुक्तानी दिएको जनाएको छ ।

    सलिकाे निर्जीव बीमा व्यवसाय गर्ने कम्पनी हाे । यसले  नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त गरिसकेकाे छ । साविक सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक-आपसमा मर्ज भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) बनेको हो ।

    सलिकोको हाल देशभर १२० वटाभन्दा धेरै शाखा कार्यालयहरू रहेका छन् ।

    प्रतिकृया दिनुहोस्