News Portal

  • सिटिजन्स बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकट खरिदमा छुट पाउने

    आर्थीकसंसार संवाददाता१४ भदौ, २०८१
    ६७ पटक
    १४ भदौ, २०८१

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र श्री एयरलाइन्स बीच सिटिजन्स विशेष छुट दिने सम्झौता भएको छ । सो समझदारीपत्र अनुसार कम्पनीका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट ५०० रुपैयाँको आकर्षक छूट पाउनेछन् । सो छूट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने छ ।

    यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

    कम्पनीले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको पनि बताएको छ । डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरू कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

    बैंकले देशैभरी ६० जिल्लामा फैलिएका १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्