आर्थीकसंसार संवाददाता१३ भदौ, २०८१
१३ भदौ, २०८१काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याएको थियो । बैंकले तोको ३५ दिनभित्र पनि संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।