News Portal

  • चाडपर्वको अवसरमा माछापुच्छ्रे बैंकले ल्यायो कर्जामा छुट योजना

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०८१
    ४८ पटक
    १२ भदौ, २०८१

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाडपर्वको समयलाई लक्षित गरी एक महिनाका लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्चालनमा ल्याएको छ ।

    तीज, दसै, तिहार तथा छठ पर्वलाई लक्षित योजनाअन्तर्गत माछापुच्छ्रे बैंकले घर कर्जा लिने ग्राहकका लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ ।

    सोही ग्राहक गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै, उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुटसमेत प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

    त्यस्तै, बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाका लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ । यसका साथै उल्लेखित कर्जाहरूको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्नेछ । यी अफर भाद्र ३१ सम्म लागु हुनेछन्।

    हरेक क्षेत्र र वर्गका ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०२ वटा एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्