News Portal

  • सानिमा बैंकको निक्षेप र कर्जाको ब्याजदर घट्यो

    आर्थीकसंसार संवाददाता३२ साउन, २०८१
    ८८ पटक
    ३२ साउन, २०८१

    काठमाडौं । सानिमा बैंकले भदौ महिनामा ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

    बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ४.९० प्रतिशत र व्यक्तिगततर्फ ६.२० प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.२० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ५.१० प्रतिशत र व्यक्तिगततर्फ ६.४० प्रतिशत ब्याजदर तोकेको थियो भने रेमिट्यान्स खातामा ७.४० प्रतिशत ब्याजदर तोकेको थियो ।

    साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ८.०६ प्रतिशत रहेकोमा घटेर ८.०३ प्रतिशतमा झरेको छ ।

    प्रतिकृया दिनुहोस्