आर्थीकसंसार संवाददाता२८ साउन, २०८१
२८ साउन, २०८१काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सच्चाएको छ।
संस्थाले आज एक सूचना जारी गर्दै वित्तीय विवरणमा उल्लेखित प्रतिशेयर आम्दानी (ईपीएस) र मूल्य आम्दानी अनुपात (पीई रेसियो) सच्चाएको हो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाको वार्षिकीकृत ईपीएस ४६.८६ रुपैयाँ र पीई रेसियो १५.३७ गुणा हुनुपर्नेमा अन्यथा भएको सूचनामा उल्लेख छ। अघिल्लो वर्ष संस्थाको वार्षिकीकृत ईपीएस ७.९१ रुपैयाँ थियो।
समीक्षा वर्षमा संस्थाले ४४ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष संस्थाको नाफा ५ करोड ७८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा नाफा ६७२.०४ प्रतिशतले बढेको देखिन्छ।