News Portal

  • नेरुडे मिर्मिरे लघुवित्तले सच्चायो ईपीएस र पीई रेसियो विवरण

    आर्थीकसंसार संवाददाता२८ साउन, २०८१
    ५१ पटक
    २८ साउन, २०८१

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सच्चाएको छ।

    संस्थाले आज एक सूचना जारी गर्दै वित्तीय विवरणमा उल्लेखित प्रतिशेयर आम्दानी (ईपीएस) र मूल्य आम्दानी अनुपात (पीई रेसियो) सच्चाएको हो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाको वार्षिकीकृत ईपीएस ४६.८६ रुपैयाँ र पीई रेसियो १५.३७ गुणा हुनुपर्नेमा अन्यथा भएको सूचनामा उल्लेख छ। अघिल्लो वर्ष संस्थाको वार्षिकीकृत ईपीएस ७.९१ रुपैयाँ थियो।

    संस्थाले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणमा वार्षिकीकृत ईपीएस ६२.४८ रुपैयाँ र पीई रेसियो ११.५३ गुणा रहेको उल्लेख गरेको थियो।

    समीक्षा वर्षमा संस्थाले ४४ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष संस्थाको नाफा ५ करोड ७८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा नाफा ६७२.०४ प्रतिशतले बढेको देखिन्छ।

    प्रतिकृया दिनुहोस्