News Portal

  • एक्सेल डेभलपमेन्ट बैंकः नाफामा ४४%को उछाल, रिजर्भमा ८३%को छलाङ

    आर्थीकसंसार संवाददाता२३ साउन, २०८१
    ६९ पटक
    २३ साउन, २०८१

    काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

    समीक्षा वर्षमा बैंकले ७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ५ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको नाफामा ४४.१९ प्रतिशतको बढोत्तरी भएको छ।

    यो वर्ष बैंकको सञ्चालन मुनाफा भने १६.१७ प्रतिशतले घटेर ११ करोड ३८ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १३ करोड ५८ लाख रुपैयाँ थियो।

    समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ४६ करोड ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ६० करोड ८५ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा २३.४१ प्रतिशतको कमी आएको छ।

    आव २०८०।८१ मा बैंकको १९ करोड ४५ लाख रुपैयाँले वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ६ करोड ४५ लाख रुपैयाँ थियो।

    बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ६.१८ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ४.८६ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले ११ करोड २९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

    चुक्तापुँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा ९० करोड ३५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा ४९ करोड २४ लाख रुपैयाँ थियो। रिजर्भको आकार ८३.४८ प्रतिशतले बढेको छ।

    समीक्षा वर्षमा बैंकले १४ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा बैंकले १३ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

    समीक्षा वर्षमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ५.९१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४.१० रुपैयाँ थियो। पीई रेसियो ७६.६५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५७.४६ रुपैयाँ रहेको छ।

    प्रतिकृया दिनुहोस्