आर्थीकसंसार संवाददाता२२ साउन, २०८१
२२ साउन, २०८१काठमाडौं । तीन जना संस्थापक सेयरधनीहरूले लुम्बिनी विकास बैंकको सेयर बिक्री गर्ने भएका छन् । बैंकका ससंस्थापक सेयरधनी गोपाल प्रसाद बास्तोला, सुवास महर्जन र शिवराज आचार्यले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।
बैंकका अनुसार बास्तोलाले १५ हजार कित्ता, महर्जनले ४ हजार ७७६ कित्ता र आचार्यले २३ हजार ५२३ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
बैंकको उक्त सेयर खरिद गर्न इच्छुक जोकोहीले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । यसअघि संस्थापकलाई बिक्रीमा राखेको थियो । तर, विद्यमान संस्थापकले आवेदन नदिएपछि सर्वसाधारणलाई बिक्रीमा राखिएको बैंकले जनाएको छ ।