काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८/०८१ मा ७ अर्ब ६ करोड खुद नाफा गरेको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा ६ अर्ब ४० करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा १०.२४ प्रतिशत बढी नाफा गरेको हो । वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल बनेको छ ।
बैंकले १६ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकको ब्याज आम्दानी १७ अर्ब ७४ करोड रुपैयाँ थियो ।
यस्तै, बैंकले गत आवमा ४ खर्ब ६२ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ५७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ३ खर्ब ९६ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकको कर्जा लगानी र निक्षेप बढेको छ ।
गत असारसम्म बैंकको जगेडा कोषमा २८ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । गत आवमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड ७३ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकले गत आवको नाफाबाट १४.२६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्छ ।
नबिलको खुद खराब कर्जा १.०७ प्रतिशत र ग्रस एनपीएल ३.८५ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २६.०९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २२०.१६ रुपैयाँ रहेको छ ।