News Portal

  • नेपाल बैंकको नाफा साढे १ अर्ब, अधिकांश सूचकमा गिरावट

    आर्थीकसंसार संवाददाता२१ साउन, २०८१
    ६५ पटक
    २१ साउन, २०८१

    काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिमा बैंकको नाफामा ५१.८० प्रतिशतको गिरावट देखिएको हो ।

    बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८० करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ४० करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    यस्तै, बैंकको जगेडा कोषमा २२ अर्ब ३८ करोड रुपैयाँ सञ्चित रहेको छ । गत वर्ष बैंकले २ खर्ब ८३ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले अघिल्लो आवमा कुल २ खर्ब ४४ अर्ब ५१ करोड र १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेकाके थियो । अघिल्लो आवको तुलनामा बैंकको निक्षेप र कर्जा लगानी घटेको छ ।

    समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९३ लाख रुपैयाँ रहकेो छ । यस्तै, बैंकको खराब कर्जा ३.२८ प्रतिशत पुगेको छ । अघिल्लो आवमा २.८५ प्रतिशत खराब कर्जा थियो ।

    बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ११.२८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २५७.५७ रुपैयाँ रहेको छ । बैंकले खराब कर्जा बढेको कारण नाफामा गिरावट आएको बताएको छ ।
    हाल नेपाल बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृत आएका छन् । बैंकको सीईओमा तिलक पाण्डेको आगमनसँगै बैंकको पफर्मेन्समा केही सुस्सता आएको देखिएको छ । पछिल्ला केही वर्षदेखि नेपाल बैंकले राम्रो पफर्मेन्स गर्दै आएको थियो । तर, गत वर्ष भने बैंकका अधिकांश सूचक घटेका छन् ।

    प्रतिकृया दिनुहोस्