News Portal

  • प्रभु बैंकको नाफा १४९९ प्रतिशतले बढ्यो, हरेक सूचकमा उछाल

    आर्थीकसंसार संवाददाता२१ साउन, २०८१
    ५८ पटक
    २१ साउन, २०८१

    काठमाडौं । प्रभु बैंकले साढे ४ अर्ब नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद ४ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको हो । जुन १४९९.०४ प्रतिशत बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २८ करोड मात्रै खुद नाफा गरेको थियो ।

    बैंकको आर्थिक वर्षको वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ ।

    बैंकको कुल सञ्चालन आम्दानी ३५४.६२ प्रतिशत बढेर ७ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वषको सोही अवधिमा बैंकको सञ्चालन आम्दानी १ अर्ब ५५ करोड रुपैयाँ थियो ।

    बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

    यस बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ भने बैंकको निक्षेप ५.५१ प्रतिशत बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ । यस्तै, बैंकको खराब कर्जा ४.७८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत थियो ।

    प्रतिकृया दिनुहोस्