News Portal

  • ब्याज आम्दानीमा लक्ष्मी सनराइज बैंकको १०३.९७ प्रतिशत छलाङ, ३ अर्ब बढी नाफा

    आर्थीकसंसार संवाददाता२१ साउन, २०८१
    ८४ पटक
    २१ साउन, २०८१

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकले ३२.७९ प्रतिशत बढी नाफा गरेको हो ।

    गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत बढेर ११ अर्ब ५९ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्म बैंकको खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशत बढेर १ अर्ब ९१ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत बढेर १४ अर्ब ७ करोड रुपैयाँ र सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेर ४ अर्ब ४५ करोड रुपैयाँ छ ।

    गत वर्ष बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । यसआधारमा बैंकको गत वर्ष लाभांश वितरण गर्ने क्षमता ५.५५ प्रतिशतसम्म रहेको देखिन्छ ।

    समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपैयाँ र जगेडा कोष ६.१७ प्रतिशत बढेर १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकको निक्षेप ११.०३ प्रतिशत बढेर ३ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ र कर्जा १.०१ प्रतिशत बढेर २ खर्ब ५० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

    नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २.५४ रुपैयाँ बढेर १३.०९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ ।

    अघिल्लो वर्ष २.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर बैंकको खराब कर्जा ४.७२ प्रतिशत पुगेको छ ।

    प्रतिकृया दिनुहोस्