News Portal

  • सानिमा जिआईसीका केही संस्थापक बाहिरिँदै

    आर्थीकसंसार संवाददाता११ साउन, २०८१
    ८४ पटक
    ११ साउन, २०८१

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका केही संस्थापक सेयरधनी बाहिरिने भएका छन् । इन्स्योरेन्स कम्पनीमा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर केही संस्थापक बाहिरिने भएका हुन् ।

    कम्पनीका अनुसार केही संस्थापकले आफ्नो नाममा कायम सेयर बिक्री गर्न चाहेकाले १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले उक्त सेयरको बिक्री मूल्य सार्वजनिक गरेको छैन ।

    उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिभित्र आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने कम्पनीले बताएको छ ।

    प्रतिकृया दिनुहोस्