News Portal

  • ज्योति विकास बैंकले बालबालिकालाई कृत्रिम हात प्रदान गर्ने

    आर्थीकसंसार संवाददाता१० साउन, २०८१
    ८९ पटक
    १० साउन, २०८१

    काठमाडौं । ज्योति विकास बैंकले १६औं वार्षिकोत्सवको अवसरमा ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ३ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूका लागि सम्झौता गरेको छ ।

    बैंकले स्वास्थ्य, शिक्षा, र सशक्तिकरणका क्षेत्रहरूमा दीर्घकालीन प्रभाव र सकारात्मक परिवर्तन ल्याउन, समाजको समग्र विकास गर्न र समुदायलाई समृद्ध र आत्मनिर्भर बनाउने उद्देश्यले उक्त सम्झौता गरेको हो ।

    ज्योति विकास बैंकले शारीरिक तवरले फरक बालबालिकाहरूलाई कृत्रिम हात प्रदान गर्न ई-नेबल नेपालसँग सहकार्य गर्न सम्झौता गरेको छ ।

    सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

    यस सहकार्यको माध्यमबाट बैंकले १६ जना बालबालिकाहरूलाई थ्रीडी प्रिन्टेड कृत्रिम हात प्रदान गर्नेछ । प्रदान गरिने कृत्रिम हातहरूले बालबालिकालाई सामान्य दिनचर्यामा सहयोग पुर्याउनुका साथै मनोबल र आत्मविश्वासलाई पनि उच्च राख्न सहयोग गर्ने विश्वास बैंकले राखेको छ ।

    बैंकले यसअघि पनि ई-नेबल नेपालसँगको सहकार्यमा १५ जना बालबालिकालाई उक्त हात प्रदान गरेको थियो ।

    प्रतिकृया दिनुहोस्