News Portal

  • ग्लोबल आइएमई बैंकको सञ्चालकमा भट्टराई नियुक्त

    आर्थीकसंसार संवाददाता१० साउन, २०८१
    २७२ पटक
    १० साउन, २०८१

    काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् ।

    साउन १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निणर्य गरेको हो ।

    ‘बैंक सञ्चालक समितिको ४४३ औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त काठमाडौंमा बस्ने श्रीमति भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय भएको व्यहोरा अनुरोध गर्दछौं’, नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस्