News Portal

  • कृषि विकास बैंकका डीजीएम अर्यालसहित ३४ जनाले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता४ साउन, २०८१
    ८९ पटक
    ४ साउन, २०८१

    काठमाडौं । कृषि विकास बैंकका उपमहाप्रबन्धक (डीजीएम) अर्यालसहित ३४ जना कर्मचारीले राजिनामा दिएर बाहिरिएका छन् । बैंकका उपमहाप्रबन्धक दीर्घ बहादुर अर्याल, वरिष्ठ शाखा प्रमुख बेदानन्द दाहाल र लोकराज ओझा, शाखा प्रमुख कृष्णशंकर घिमिरेसहित ३४ जनाले राजीनामा दिएर बाहिरिएका बैंकले जनाएको छ ।

    सरकारले कर्मचारीहरू अवकाश हुँदा उपदानबापतकको रकममा १५ प्रतिशत कर लगाउने भएपछि एकैपटक धेरै संख्यामा कर्मचारी बाहिरिएका हुन् । बाहिरिने अधिकांश कर्मचारीहरू बैंकमा २९ वर्ष बढी कार्यरत छन् भने ५८ वर्ष उमेर नजिकका रहेका छन् ।

    प्रतिकृया दिनुहोस्