काठमाडौं । सिटिजन्स बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपतर्फको ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५.५० प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ ।
यसअघि असारमा बैंकले संस्थागततर्फ ५.९० प्रतिशत र ब्यक्तिगततर्फ ६.९० प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.९० प्रतिशत प्रदान गरेको थियो ।
साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ५.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.१५ प्रतिशतदेखि अधिकतम ५.१५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।
बैंकको औसत आधारदर ८.५५ प्रतिशत छ भने जेठसम्म ८.६६ प्रतिशत रहेको छ । यसअधि बैंकको औसत आधारदर ९.०७ प्रतिशत थियो भने बैशाखसम्मको ८.९२ प्रतिशत थियो ।