News Portal

  • प्रभु बैंकले घटायो ब्याजदर

    आर्थीकसंसार संवाददाता३१ असार, २०८१
    ११५ पटक
    ३१ असार, २०८१

    काठमाडौं । प्रभु बैंकले साउन महिनामा पनि ब्याजदर घटाएको छ । बैंकले मुद्दती निक्षेपतर्फ साउनमा ब्याजदर घटाएको हो । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

    बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । बैंकले रेमिट्यान्स खातामा ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ६.५ प्रतिशत र ब्यक्तिगततर्फ ७.५ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ८.५० प्रतिशत थियो ।

    तर, बैंकले साधारण बचत खातामा भने ब्याजदर यथावत राखेको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा पनि सोही ब्याजदर निक्षेपकर्तालाई प्रदान गरेको थियो ।

    बैंकले कर्जाको ब्याजदरमा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लिने भएको छ ।

    प्रतिकृया दिनुहोस्