News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले ७.९५ प्रतिशतमा कर्जा दिने, निक्षेपकर्ताले पाउने ब्याज पनि घट्यो

    आर्थीकसंसार संवाददाता३१ असार, २०८१
    ५४ पटक
    ३१ असार, २०८१

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ७.९५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले २ वर्षसम्म अवधिको लागि जलविद्युत परियोजना कर्जामा ७.९५ प्रतिशत स्थिर ब्याजदरमा ऋण दिने भएको हो ।

    बैंकका अनुसार अन्य प्रकारका कर्जामा स्थिर ब्याजदर ११.५० प्रतिशतसम्म रहेको छ । तर, जलविद्युत कर्जामा भने बैंकले सस्तो ब्याजमा ऋण दिन लागेको हो ।

    पछिल्लो तीन महिनाको औसत आधार दर ७.२१ प्रतिशत रहेको छ भने जेठ महिनाको ब्याजदर अन्तर ३.९७ प्रतिशत रहेको बैंकले जनाएको छ । यसअघि तीन महिनाको औसत आधार दर ७.३५ प्रतिशत र ब्याजदर अन्तर ३.९६ प्रतिशत थियो । जसकार अन्य प्रकारका कर्जामा पनि ब्याजदर घटेको छ ।

    यस्तै बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर पनि घटाएको छ । बैंकले विभिन्न खातामा साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

    बैंकले साउनमा मुद्दति निक्षेपमा संस्थागततर्फ ५ प्रतिशत र व्यक्तिगततर्फ ६.२१ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा ७.२१ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले संस्थागततर्फ ५.२० प्रतिशत र ब्यक्तिगततर्फ ६.२२ प्रतिशत ब्याज तोकेको थियो भने रेमिट्यान्समा ७.२२ प्रतिशत प्रदान गरेको थियो ।

    साथै बैंकले साधारण बचततर्फ पनि ब्याजदर सामान्य घटाएको छ । बैंकले साउनमा साधारण बचतका सबै खातामा ३.०५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असारमा बैंकले साधारण बचतमा न्यूनतम ३.६५ प्रतिशतदेखि अधिकतम ४.६५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।

    प्रतिकृया दिनुहोस्