News Portal

  • मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता२५ असार, २०८१
    ४६४ पटक
    २५ असार, २०८१

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरविक्री गर्ने भएको छ । बैंकले बैंकका संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो ।

    उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित असार २४ गतेले ३५ दिनभित्र खरीद गर्न चाहेको शेयर विवरण पनि खुलाई बैंकको केन्द्रीय कार्यालय वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा निवेदन दिनु पर्नेछ ।

    बैंकले तोकेको उक्त समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणले खरिद गर्न पाउने गरी विक्री गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्