News Portal

  • त्रिभुवन विमानस्थलमा एनएमबि बैंकको थप नयाँ एटीएम सञ्चालनमा

    आर्थीकसंसार संवाददाता६ असार, २०८१
    १२३ पटक
    ६ असार, २०८१

    काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पुर्‍याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ ।

    बैंकले यसअघिदेखि नै त्रिभुवन विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थान स्थलमा एउटा तथा अन्तराष्ट्रिय आगमन कक्षमा दुई वटा एटीएम सञ्चालनमा ल्याइसकेको छ ।

    एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १८८ एटीएम, ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्