News Portal

  • ओरिएण्टल इन्स्योरेन्सले किसानलाई दियो दाबी वापतको रकम

    आर्थीकसंसार संवाददाता३ असार, २०८१
    २७५ पटक
    ३ असार, २०८१

    काठमाडौं । ओरिएण्टल इन्स्योरेन्सले दाबी भुक्तानी दिएको छ । कम्पनीले इटहरी ११ का पशुपालक किशान डम्बर प्रसाद सुबेदीको गोठमा आगलागी भई मृत्यु पशुहरुको दाबी भुक्तानी दिएको हो ।

    ओरिएण्टल इन्स्योरेन्स इटहरी शाखाले निज किसानको गोठमा नै गएर भुक्तानी गरेको हो । इटहरी ११ का बासिन्दा डम्बर प्रसाद सुबेदीको गोठमा आगलागी भई मृत्यु भएका पशुहरुको ओरिएण्टल इन्स्योरेन्सले दाबि भुक्तानिका लागि द्रुत गतिमा प्रक्रिया अगाडी बढाई दाबि फर्छ्योट गरी बीमा प्रतिको जनविश्वास बढाउन सफल भएको छ ।

    बीमा दाबीप्रति जनधारणा गलत रहेछ भन्ने बारेमा त्यस कार्यक्रमका वक्ताहरुले आफ्नो आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि ओरिएण्टल इन्स्योरेन्सका शाखा प्रमुख गणेश श्रेष्ठले किशानले पशुपन्छी सहित आफ्नो गोठ तथा सम्पत्तिहरुको पनि बीमा गरी सुरक्षित रहन आग्रह गरे ।

    भविष्यमा आइपर्न सक्ने कुनै पनि घटना वा क्षति बाट सुरक्षित रहन बीमाको विकल्प नरहेको धारणा ब्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्