News Portal

  • प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न नेपाल एसबिआई बैंकको आग्रह

    आर्थीकसंसार संवाददाता३० जेठ, २०८१
    २९० पटक
    ३० जेठ, २०८१

    काठमाडौं । नेपाल एसबिआई बैंकले खातावालाहरूलाई आफ्नो प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।

    बैंकले बुधबार एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८०, सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ र सम्पत्ति शुद्धीकरण निवारण नियमावली अनुसार खातावाला तथा निजका हिताधिकारीका ग्राहक पहिचान विवरण अद्यावधिक गर्नुपर्ने भएकाले प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

    खातावालाहरूले यसअघि बुझाउन बाँकी कागजात तथा विवरण वा परिवर्तित थप विवरण आफ्नो खातामा रहेको शाखा वा आफूलाई पायक पर्ने नेपाल एसबिआई बैंकको कुनै पनि शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एंव कागजात पेस गर्न बैंकले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्