News Portal

  • प्रभु बैंकका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटरीमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०८१
    ३२३ पटक
    २५ जेठ, २०८१

    काठमाडौं । प्रभु बैंक र पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल) बीच विशेष छूट सम्झौता भएको छ । उक्त समझदारी पत्रमा युआरएलका तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्थ र बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले हस्ताक्षर गरेका छन् ।

    उक्त अवसरमा प्रभु बैंकका सहसम्बन्ध प्रबन्धकहरु प्रकाश पौडेल, शर्मिला भण्डारी, युआरएलका प्रबन्ध निर्देशक गणेश कोइराला, शुशिल थापा लगायतको उपस्थिति थियो ।

    उक्त सम्झौता अनुसार युआरएलको स्वास्थ्य प्रयोगशालाबाट प्रदान गरिने थाइराइड, क्यान्सर, मधुमेह, मृगौला, कलेजो, मुटु, पेट, छाती, नशा, हाडजोर्नी, भिटामिन लगायतका युआरएलद्वारा परिक्षण गरिने सम्पूर्ण ल्याव सेवा शुल्कमा प्रभु बैंकका ग्राहक र कर्मचारीहरुले विशेष छूट पाउने छन् ।

    सम्झौता अनुसार ल्याब परिक्षणको सेवा शुल्कमा प्रभु बैंकका ग्राहकहरुलाई २० प्रतिशत र बैंक कर्मचारीलाई २५ प्रतिशत विशेष छ्रूट दिइने छ ।

    युआरएलले सञ्चालन गरेका मूख्य कार्यालय सभागृहचोक, कास्की हस्पिटलचोक, महेन्द्रपुल, मियापाटन, बाटुलेचौर, चाउथे, बिरौटा, लेकसाइड, शिशुवा, तनहुँको दुलेगौडा, शुक्लागण्डकी, दमौली, लम्जुङको बेशीशहर, स्याङजाको पुतलीबजार, वालिङलगायत १८ भन्दा बढी ल्याबहरुबाट उक्त छूट प्राप्त गर्न सकिनेछ ।

    नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएमका साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्ट मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कम्पनीले अत्याधुनिक प्रविधिमार्फत सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको बताएको छ ।

    साथै, कम्पनीले आफु छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको पनि बताएको छ ।

    प्रतिकृया दिनुहोस्