News Portal

  • एक्सेल डेभलपमेन्ट बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२३ जेठ, २०८१
    २३१ पटक
    २३ जेठ, २०८१

    काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा एक्सेल डेभलपमेन्ट बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले झापा जिल्ला हल्दीबारी गाँउपालिका, भेलागढी सिमसार क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

    यस कार्यक्रममा वन उपभोक्ता समितिका पदाधिकारीहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्की, सहायक महाप्रबन्धक अशोक क्षेत्रीका साथै बैंकका अधिकारीहरु, कर्मचारीहरु तथा स्थानीय समुदायका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

    बैंकको मार्केटिङ विभागका कर्मचारी गजेन्द्र ढकालले जलवायू परिवर्तनको असर र प्रभावको कारण गिर्दै गएको वातावरणलाई संरक्षण गर्नको लागि अत्यन्तै महत्वपुर्ण रहेको वृक्षारोपण कार्यक्रम सफल पार्न भेलागढी सामुदायिक वन उपभोक्ता समूहका साथै स्थानीय जनताले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत बैंकले यस्ता कार्यक्रम जारी राख्ने बताए ।

    वन उपभोक्ता समूहका अध्यक्ष पूण्य लम्साल तथा सचिव खगेन्द्र राजवंशीले यस्ता पर्यावरण अभिवृद्धि तथा सिमसार क्षेत्रको सहयोगको लागि एक्सेल डेभलपमेन्ट बैंकलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्तो कार्यको निरन्तरताको अपेक्षा राखे । साथै यस वृक्षारोपणबाट भेलागढी सिमसार पार्कको सौन्दर्यलाई अझ बढाउने, यसको पर्यटनमा बढावा दिने र स्थानीय जनतामा हरियाली र वातावरणप्रति सचेतना जगाउने विश्वास पनि लिइएको बताए ।

    प्रतिकृया दिनुहोस्