News Portal

  • रिलायबलले घोषणा गर्‍यो रू. १० लाखको बीमा देखि जनही रू. ५० हजार नगद पुरस्कारसम्म

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०८१
    ३५१ पटक
    २२ जेठ, २०८१

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सदस्यका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रोत्साहनस्वरूप नगद पुरस्कार सहितको आकर्षक प्याकेज घोषणा गरेको छ ।

    इन्स्योरेन्सले अमेरिकामा आइसीसी पुरूष टी ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय टोलीका खेलाडीको सम्मानमा जनही १० लाख रूपैयाँको म्यादी जीवन बीमा उपलब्ध गराउने घोषणा गरेको छ । यो बीमा योजना अन्तर्गत इन्स्योरेन्सले अस्पताल भर्ना तथा उपचारवापत दैनिक ४ हजार रूपैयाँ खर्च सुविधा समेत उपलब्ध गराउनेछ।

    यसैगरी प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गर्न सफल हुने खेलाडी टोलीका १५ जना सदस्यलाइ जनही ५० हजार रूपैयाँ नगद पुरस्कार समेत दिने घोषणा इन्स्योरेन्सले गरेको छ। इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत राष्ट्रिय टोलीका खेलाडीको प्रोत्साहन र सम्मानका लागि पुरस्कार र बीमा सुरक्षाको घोषणा गरिएको जानकारी दिएको छ।
    प्रतिकृया दिनुहोस्